१९ मंसिर २०८२, शुक्रबार

सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  3 December, 2025 11:26 am


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुनको मूल्य ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार हिजो प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य समेत बढेको छ । महसंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो ।

हिजो प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !