११ पुस २०८२, शुक्रबार

उकालियाे सुनकाे मूल्य : प्रतिताेला २ लाख ६९ हजार ३०० रुपैयाँ कायम

प्रकाशित मिति :  26 December, 2025 11:06 am


दाङ । नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि उकालो समातेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको मूल्य शुक्रबार एकाएक बढ्दा उपभोक्ता र लगानीकर्ता दुवैको ध्यान तानेको छ ।

आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेर २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारमा सुन २ लाख ६७ हजार ५०० रुपैयाँमा सीमित थियो ।

यसैगरी चाँदी पनि १६५ रुपैयाँ उकालो लाग्दै ४ हजार ५६५ रुपैयाँमा पुगेको छ, जबकि हिजो चाँदी ४ हजार ४०० रुपैयाँमै कारोबार भएको थियो।

बजार सूचकांकअनुसार यो उछाल पछिल्ला दिनको हल्का सुधारपछि आएको प्रतिक्रिया मानिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको संकेत र स्थानीय माग–आपूर्तिको समीकरणले मूल्यलाई माथि धकेलेको हो।

मूल्य बढेसँगै विवाह–उत्सवको तयारीमा रहेका ग्राहकले खरिद समय पुनः सोच्न थालेका छन् भने लगानीकर्ताले छोटो अवधिको उतार–चढावबाट लाभ लिने रणनीति बनाइरहेका छन् ।

आगामी दिनमा अन्तर्राष्ट्रिय संकेत स्थिर नहुँदासम्म सुनचाँदीको मूल्यमा उतार–चढाव कायमै रहने बजार जानकारको आँकलन छ ।



प्रतिक्रिया दिनुहोस !