१३ पुस २०८२, आइतबार

सुनकाे मूल्य प्रतितोला दुई लाख ७० हजार नाघ्याे

प्रकाशित मिति :  28 December, 2025 11:31 am


काठमाडौँ । लगानीकर्ताको सुरक्षित सम्पत्तिप्रतिको आकर्षण बढेसँगै नेपाली बजारमा सुन–चाँदीको मूल्यले आइतबार फेरि नयाँ उचाइ छोएको छ। लगातारको वृद्धिपछि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भयो, जुन अघिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार ३ सय रुपैयाँ बढी हो । यसअघि शुक्रबार पनि सुनले उच्च मूल्य बनाउँदै प्रतितोला दुई लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि उल्लेखनीय उछाल देखिएको छ। शुक्रबार प्रतितोला चार हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ७० रुपैयाँको वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ५ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। विश्व बजारमै सुन महँगिदै जाँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको विश्लेषकहरू बताउँछन्।

लगातार बढ्दो मूल्यले आभूषण खरिदमा केही संकुचन ल्याए पनि दीर्घकालीन लगानीका रूपमा सुन–चाँदीप्रतिको रुचि अझै बलियो रहेको बजारको संकेत छ।



प्रतिक्रिया दिनुहोस !