१ फाल्गुन २०८२, शुक्रबार

कृषि उद्यमी द्वय नेमाफुकी र पाण्डे रास्वपाकाे समानुपातिक सूचीमा

प्रकाशित मिति :  30 December, 2025 3:48 pm


काठमाडाैँ ।नेपाल कृषि मेसिनरी व्यवसायी संघकी उपाध्यक्ष सुनीता नेमाफुकी र मुना कृषि बजारकी प्रमुख प्रबन्धक दिव्या पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रतिनिधि सिफारिस सूचीमा परेका छन्।

कृषि व्यवसाय र उद्यमशीलताको क्षेत्रमा सक्रिय यी दुई महिलाको नाम समानुपातिक सूचीमा समेटिनुलाई रास्वपाले व्यवसायिक तथा उद्यमशील पृष्ठभूमिका व्यक्तिलाई राजनीतिक मूलधारमा ल्याउने प्रयासका रूपमा लिइएको छ।

रास्वपाले सार्वजनिक गरेको विवरणअनुसार पार्टीले देशका ३३ जिल्लाबाट समानुपातिक प्रतिनिधि चयन गरेको छ। जिल्लागत रूपमा हेर्दा चितवनबाट सबैभन्दा धेरै २१ जना र मोरङबाट १५ जना समानुपातिक उम्मेदवार सिफारिसमा परेका छन्।



प्रतिक्रिया दिनुहोस !