१२ माघ २०८२, सोमबार

झिनो अङ्कले घट्यो नेप्से, कारोबार रकम १६ अर्ब रूपैयाँ बढी

प्रकाशित मिति :  26 January, 2026 4:56 pm


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३.०७ अङ्कले बढेर २७६९.०९ अङ्कमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६५ करोड ९३ लाख ३० हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, नेशनल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.१२ अङ्कले घटेको छ ।

कुल ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !