तोलामै १३ हजार ४०० रुपैयाँले घट्यो सुन
प्रकाशित मिति : 2 February, 2026 12:10 pm
काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाले घटेर तोलाको २ लाख ८६ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
बिहिबार हालसम्मको उच्च मूल्य तोलाको ३ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्यमा पछिल्ला ४ दिनयता लगातार घट्दै गएको हाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा ३०० रुपैयाले घटेर तोलाको ५ हजार २०० रुपैया कायम भएको छ ।








