अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा २० अर्बको निक्षेप संकलन
प्रकाशित मिति : 4 February, 2026 12:03 pm
काठमाडाैँ । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल (आक्सन) प्रणालीमार्फत ६३ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । संकलित निक्षेपको साँवा तथा ब्याज २०८२ चैत २५ गते भुक्तानी गरिनेछ ।
निक्षेप संकलनको बोलकबोल प्रक्रियामा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेपछि त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा यस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ ।









