२३ माघ २०८२, शुक्रबार

लगातार दोस्रो दिन घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ९१ हजारमा झर्‍यो

प्रकाशित मिति :  6 February, 2026 11:28 am


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घट्दो क्रममा देखिएको छ ।

बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि थप ४ हजार २ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ थियो ।



प्रतिक्रिया दिनुहोस !