भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयबाट आज बिहान कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन्।
आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जसअनुसार कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।








