६ फाल्गुन २०८२, बुधबार

काठमाडौँ-५ का उम्मेदवार पोखरेलले गरे तीन भाषामा घोषणापत्र सार्वजनिक, शिक्षा सुधार प्रमुख प्राथमिकता

प्रकाशित मिति :  18 February, 2026 2:11 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार सस्मित पोखरेलले  नेपाली,अङ्ग्रेजी साथसाथै नेवारी भाषामा पनि आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

डिजिटल माध्यममार्फत सार्वजनिक गरिएको उक्त घोषणापत्रले समावेशी र प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिएको छ।

पोखरेलले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सम्पदा संरक्षण, डिजिटल अर्थतन्त्र प्रवर्द्धन, नोम्याड भिसा नीति कार्यान्वयन, रोजगारी सिर्जना तथा युवा र महिला सशक्तीकरणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।

उनका अनुसार बहुभाषिक घोषणापत्र सार्वजनिक गर्नुको उद्देश्य क्षेत्रका विविध समुदायसम्म प्रत्यक्ष पहुँच पुर्‍याउनु र स्थानीय भाषा तथा संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो।

चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला उनको डिजिटल घोषणापत्रलाई नयाँ शैलीको अभियानका रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !