१४ फाल्गुन २०८२, बिहिबार

बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  26 February, 2026 11:07 am


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १४ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख १५ हजार ४०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ५ हजार ७२५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !