डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा
काठमाडौँ । थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी गरिएको छ र डढेलोका घटनाहरू बढेसँगै अवैध रूपमा आगो बाल्ने कार्यमा कडाइ गरिएको छ । प्रदुषण नियन्त्रण विभागकाअनुसार उत्तरी र उत्तर–पूर्वी क्षेत्रहरूमा एः २.५ को मात्रा सुरक्षा मापदण्डभन्दा धेरै बढी पाइएको छ ।
चियाङ माई प्रान्तमा सबैभन्दा बढी २९२.६ माइक्रोग्राम प्रति घनमिटर रेकर्ड गरिएको छ । सरकारी प्रवक्ता ललिदा पेरिसविवातानाले वायु प्रदुषकहरू बढ्नुको कारण आन्तरिक कृषिजन्य आगो र सीमापारबाट आउने तुवाँलो दुवै भएको बताए । उनले आगामी दिनहरूमा सुख्खा मौसमका कारण नयाँ डढेलो लाग्ने र फैलिने जोखिम बढ्ने चेतावनी दिएको ।
आईतवार थाइ जियो–इन्फर्मेटिक्स एण्ड स्पेस टेक्नोलोजी डेभलपमेन्ट एजेन्सीको पछिल्लो स्याटेलाइट डाटा अनुसार देशभर ४ हजार ३ सय २७ सक्रिय तातो स्थानहरू फेला परेका छन् । जसमा ९० प्रतिशतभन्दा बढी डढेलो वन क्षेत्रमा केन्द्रित छन् ।
एक विज्ञप्तिमा ललिदाले सरकारले सम्बन्धित निकायहरूलाई डढेलो पत्ता लगाउन र निभाउन तत्काल आदेश दिएको बताए। दुर्गम र उच्च जोखिम भएका क्षेत्रहरूमा पहुँच बढाउन विमान र ड्रोनहरू परिचालन गरिएको छ । अधिकारीहरूले खुला रूपमा आगो बाल्ने अभ्यासलाई कम गर्न समुदायमा आधारित अभियानहरू तीव्र पारिरहेका छन् र सेल ब्रोडकास्ट प्रणालीमार्फत निरन्तर सार्वजनिक चेतावनीहरू जारी गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा, थाइल्याण्डले लान्चाङ–मेकोङ सहयोग संयन्त्र र ’हटलाइन क्लियर स्काई’ च्यानलमार्फत छिमेकी राष्ट्रहरूसँग समन्वय गरिरहेको छ ताकि तातो स्थानहरू कम गर्न र सीमापार तुवाँलोको प्रभावलाई कम गर्न सकियोस् ।








