२३ चैत्र २०८२, सोमबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  6 April, 2026 11:24 am


काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९१ हजार ४०० रूपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले घटेर ४ हजार ७८० रूपैयाँ कायम भएको छ । आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

पछिल्लो समय सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। केही दिन अघि उच्च बिन्दुमा पुगेको सुनको मूल्य अहिले भने घटबढ भइरहेको छ, जसले बजारलाई अनिश्चित बनाएको छ।

सुनको मूल्य कहिले बढ्ने र कहिले घट्ने क्रम जारी रहनुको मुख्य कारण विश्व बजारमा भइरहेको परिवर्तन हो । अमेरिकी डलरको मूल्यमा हुने उतारचढाव,मध्यपूर्वी देशको युद्ध र ब्याजदरसम्बन्धी नीतिमा परिवर्तन तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाले सुनको मूल्यलाई प्रत्यक्ष प्रभाव पारेको विज्ञहरू बताउँछन्। ।



प्रतिक्रिया दिनुहोस !