रोल्पाको थबाङमा भएको जीप र्दुघटनामा ज्यान गुमाएका सबैको पहिचान खुल्याे
काठमाडौँ । रोल्पाको थबाङमा भएको जीप र्दुघटनामा ज्यान गुमाएका सबैको पहिचान खुलेको छ ।
हिजो दिउँसो भएको दुर्घटनामा ज्यान गुमाउने २० जनाको नै पहिचान खुलेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा सिस्ने गाउँपालिका–५, रुकुम पूर्वको टाकुराका ३२ वर्षीय गोर्ख विक,५३ वर्षीय तिलकुमार बुढाथोकी,२८ वर्षीय युवा घर्ती बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीय सृजना बुढाथोकी, १३ वर्षीय सुदीपन बुढाथोकी, ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीय मिना कमिनी, ६० वर्षीय लक्ष्मी शाह र २७ वर्षीय रुपमिना बस्नेत छन् ।
दाङको शान्तिनगर गाउँपालिकाका ४२ वर्षीय जीप चालक बेदु कामी, रुकुमपूर्वको भूमे गाउँपालिका ५ का टेकप्रसाद बस्नेत रहेका छन् । यस्तै दाङको घोराही उपमहानगरपालिका १५ रतनपुरका ५४ वर्षीय दोरपती जिसी, ३२ वर्षीय तिला जिसी, ७ वर्षिया जेनिस जिसी, १२ वर्षीय जेनिसा जिसी, २५ वर्षिया एलिना जिसी, ७ वर्षिया संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसी र घोराही १३ कि धनमाया विष्टकाे पनि दुर्घटनामा मृत्यु भएकाे छ ।
रुकुमपूर्वबाट रोल्पाको जलजलामा मेला भर्न जाँदै गरेका तीर्थालु बोकेको बोलेरो जीप थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए ।
दुर्घटनापछि आजमात्रै उद्दार कार्य सकिएको छ ।








