८ आश्विन २०८३, बिहिबार

ताप्लेजुङको दोभानमा भीषण आगलागी, १० घर जले

प्रकाशित मिति :  24 September, 2026 3:14 pm


काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभानमा भीषण आगलागी भएको छ । आगलागी हुँदा करिब १० घर जलेका छन्। बाक्लो बस्तीमा आगलागी फैलिएकाले थप क्षतिको जोखिम रहेको छ।

करिब ५० घरधुरी रहेको बस्तीमा लागेको आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

आगो नियन्त्रण तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट हालसम्म करिब १० घर जलेका छन्। आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ।



प्रतिक्रिया दिनुहोस !