२५ बैशाख २०८३, शुक्रबार

धोविखोलामा सडक मिचेर बनाइएको सात तले घरमा लगाइयो डोजर

प्रकाशित मिति :  3 May, 2026 1:29 pm


काठमाडाैँ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित सडक किनारा मिचेर बनाइएको धोविखोला देवीनगरस्थित सात तले घरमा डोजर लगाएको छ ।

नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आईतवार उक्त घरमा डोजर लगाएको हो । महानगरले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा धोविखोलामा नदी किनारमा नदी र सडक मापदण्ड मिचेर निर्माण गरेका संरचनामा डोजर लगाउन शुरु गरेको थियो ।

सोही क्रममा देवीनगरमा रहेका सात तल्ले पक्की घरमा डोजर लगाइएको हो । यसअघि महानगरले शंखमुलस्थित नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो ।

महानगरले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै त्यस्ता अवैध संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो । शहरको सौन्दर्यीकरण कायम गर्न, फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पतीको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगरले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !