रास्वपाकाे सचिवालय बैठक सुरु
प्रकाशित मिति : 3 May, 2026 1:52 pm
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।
बैठकको प्रमुख एजेन्डामा स्थानीय तहका उम्मेदवार छनोटको रुपरेखा २०८३, पार्टीको महाधिवेशन कार्यविधि २०८३, तथा संसदीय दलको विधान संशोधनलगायतका महत्वपूर्ण विषयहरू रहेका छन्। यी विषयहरूलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित सचिवालय स्तरमा प्रारम्भिक छलफल हुने जनाइएकाे छ ।
पार्टीका अनुसार आगामी निर्वाचन तथा संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर नीति तथा संरचनागत सुधारका विषयमा समेत गहन छलफल हुने अपेक्षा गरिएको छ।








