२५ बैशाख २०८३, शुक्रबार

विश्व बैंकको ५७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  4 May, 2026 1:12 pm


काठमाडौं । सरकारले वायु प्रदूषण नियन्त्रण र उद्योग क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै विश्व बैंक बाट प्राप्त हुने ५७ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार ५२ मिलियन डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गरिएको हो। यो रकम परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तारमा प्रयोग गरिने सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिएका छन्।

यसैगरी, सरकारले मल आपूर्ति सुनिश्चित गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई भारतसँग जीटूजी ९सरकार–सरकार० माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

बैठकले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गर्दै संसद् भवन परिसर प्रवेश व्यवस्थापनलाई पनि समेटेको छ। साथै संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णयसमेत गरिएको छ।



प्रतिक्रिया दिनुहोस !