२५ बैशाख २०८३, शुक्रबार

गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैनः हर्क राई

प्रकाशित मिति :  4 May, 2026 1:54 pm


काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्ती खालि गराउने सरकारको कार्यको विरोध गरेका छन् ।

सोमवार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुग्नुभएका अध्यक्ष राईले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य नहुने बताएका हुन् । उनले सुकुम्बासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, वास र कपासको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे।

“सुकुम्बासीलाई विस्थापित गर्नु हुँदैन । उहाँहरु पनि नेपाली नागरिक हुनुहुन्छ । यो देश गरिबको पनि हो । गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन । गरिबको लागि बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो,”उनले भने ।

राज्यले सबै वर्ग र तहका नागरिकका समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !