रास्वपाको ‘पूर्व बजेट छलफल’ आज, अर्थमन्त्री वाग्ले र मन्त्री लम्साल सहभागी हुने
प्रकाशित मिति : 6 May, 2026 10:45 am
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदबीच नीति तथा कार्यक्रमबारे समन्वय बढाउने उद्देश्यसहित ‘पूर्व बजेट छलफल’ कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन र प्राथमिकता निर्धारण गर्न उक्त छलफल आयोजना गरिएको हो। छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल को सहभागिता रहने जनाइएको छ।
उक्त कार्यक्रम आज (बुधवार) दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा हुने तय गरिएको छ।
कार्यक्रममार्फत बजेट निर्माण प्रक्रियामा सांसदहरूको धारणा समेट्दै प्रभावकारी नीति निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको पार्टीले जनाएको छ।








