पशुपति शर्मा र राधिका हमालको सहकार्यमा ‘जुनकीरी गीत’ सार्वजनिक
काठमाडाैँ । लामो समयपछि लोकप्रिय गायक पशुपति शर्मा र गायिका राधिका हमालको सहकार्यमा नयाँ लोक दोहोरी गीत ‘जुनकीरी गीत’ सार्वजनिक भएको छ। क्याम्पस पढ्न आउने गीतपछि पुनः सहकार्य गर्दै उनीहरूले यो गीतमार्फत श्रोता–दर्शकमाझ नयाँ प्रस्तुति ल्याएका हुन्।
गीतमा पशुपति शर्मा र राधिका हमालको सशक्त स्वर रहेको छ। यस गीतको शब्द र संगीत राधिका हमालले तयार पारेकी हुन् भने हुकलाइन पशुपति शर्माले लेखेका हुन्। कृष्ण पुनले संगीत संयोजन गरेका छन्। साजन शाहले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने 3S रेकर्डिङ स्टुडियोमा सम्पूर्ण प्राविधिक कार्य सम्पन्न गरिएको हो। रेकर्डिङमा तुलसी प्रसाद पुन मगर, महेश पुन मगर र बिमल मगर ‘भान्जा’ले योगदान दिएका छन्।
संगीत संयोजनलाई थप जीवन्त बनाउन धुनमा भुवन गन्धर्वले ढोलक र तबला, खर्का बहादुर बुढाले मादल, धर्मा गन्धर्वले सारङ्गी, गोपाल देवले बाँसुरी र बल बहादुर जैरुले सनई वादन गरेका छन्। म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा मदन सफिक्स र महेश पुन मगरले पुरुष कोरस तथा रुपी सिञ्जाली र प्रेम थापाले महिला कोरस स्वर दिएका छन्।
भिडियो पक्षमा स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन तथा कोरियोग्राफी गरेकी छन्। भिडियोमा पशुपति शर्मा, राधिका हमाल, बबिन सिंह ठकुरी र सफल पुन मगर ‘साकिरा’ले अभिनय गरेका छन्। छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन्। मेकअप आर्टिस्टको रूपमा कविता मैयाँको योगदान रहेको छ। सम्पूर्ण पोस्ट प्रोडक्सन कार्य गुरुआमा फिल्म्सले सम्पन्न गरेको हो।








