३४ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ६१ करोड रूपैयाँ
प्रकाशित मिति : 11 May, 2026 3:27 pm
काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
आइतबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड ११ लाख १९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.१९ प्रतिशतले बढेको छ ।
त्रिशुली जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य २.८७ प्रतिशतले घटेको छ ।
कुल ३३२ कम्पनीको एक करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।








