१ जेष्ठ २०८३, शुक्रबार

तोलामै ४ हजार रूपैयाँले घट्यो सुन

प्रकाशित मिति :  15 May, 2026 11:59 am


काठमाडौँ । शुक्रबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य तोलामा ४ हजार रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख २ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ९८ हजार ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५५ रूपैयाँले घटेर ५ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !