१५ जेष्ठ २०८३, शुक्रबार

स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने

प्रकाशित मिति :  29 May, 2026 5:20 pm


काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वास्थ्य बिमा कार्यक्रमको पुर्नसंरचना गरिने बताएका छन् ।

बजेटमा आगामी ३ वर्षमा ९० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याइने लक्ष्य पनि राखिएको अर्थमन्त्री वाग्लेले बताए ।

उनले भने ,‘स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ । स्वास्थ्य विमाको सर्वव्यापिकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत स्वास्थ्य विमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौति हुने अपेक्षा राखेका छौ । राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकास्मिक ट्रमा बाट हुने जनधनको क्षति न्युनिकरण गर्नेछौँ ।’

अर्थमन्त्री वाग्लेले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !