विद्युतको उत्पादन, प्रशारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने
प्रकाशित मिति : 29 May, 2026 5:23 pm
काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतको उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रुपान्तरण गरिने बताएका हुन् ।
उनले निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारमा जोड्ने बताए । उनले यसको लागि अगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरिएको उल्लेख गरे ।






