१५ जेष्ठ २०८३, शुक्रबार

सरकारी कर्मचारीकाे तलब २१ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  29 May, 2026 5:52 pm


काठमाडौँ। सरकारले सरकारी कर्मचारी तलब वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेट प्रस्तुत गर्दै २१ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।

मासिक प्रोत्साहन भत्ता र महंगी भत्ता गरी न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी तलब कायम गरिएको छ ।

चार वर्षपछि वृद्धि भएको कर्मचारीको तलब साउन १ देखि लागू हुने अर्थमन्त्री डा. वाग्लेले बताए ।



प्रतिक्रिया दिनुहोस !