१५ जेष्ठ २०८३, शुक्रबार

बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

प्रकाशित मिति :  29 May, 2026 6:03 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए ।

त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !