गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने
प्रकाशित मिति : 29 May, 2026 6:08 pm
काठमाडाैँ । रकारले अगामी आर्थिक वर्षमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि एक अर्ब ५३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी छ महिनाभित्र यकिन गरिने समेत बताए । उनले गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गरिने बताएका हुन् ।
भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान गरिने उनकाे भनाइ छ । उनले प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिने बताए ।






