१८ जेष्ठ २०८३, सोमबार

विद्युतमा भ्याट फिर्ता हुँदैन उपभोक्तालाई सहुलियत दिन्छौँ : वाग्ले

प्रकाशित मिति :  1 June, 2026 12:34 pm


काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए ।

आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेटु छलफल कार्यक्रममा बोल्दै उनले भने,’विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौं ।

आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ ।

अर्थमन्त्री वाग्लेले विजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए । ‘विगतमा कुरा भएपनि कसैले आँट गर्न नसकेको अवस्था थिएन,’ उनले भने ।

उनले यदी सबै निशुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुयलाको हालत हुने भन्दै सरकारले उपभोगमा आधारित करमा गइएको सुनाए । उनले भने,ुआयमा आधारित कर भन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढाइएको हो ।

बजेटले ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । उनले भने, गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं’ ।



प्रतिक्रिया दिनुहोस !