रास्वपा सभापति लामिछाने भारत प्रस्थान
प्रकाशित मिति : 1 June, 2026 2:08 pm
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने सोमबार भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो।
भ्रमणका क्रममा उनकी पत्नी निकिता पौडेल पनि सहभागी रहेकी छन्। सत्तारुढ दलका प्रमुखको रूपमा लामिछानेको भ्रमणलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको तयारी भए पनि त्यसको अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ।
भ्रमणले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, राजनीतिक सहकार्य तथा साझा हितका विषयमा थप संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।








