भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दै रवि लामिछाने
प्रकाशित मिति : 3 June, 2026 10:36 am
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।
नयाँ दिल्लीमा रहेका लामिछानेले यसअघि भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेतासँग राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन्।
उनले भारतका विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाहलगायत नेतासँग भेट गरी नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य र राजनीतिक दलबीचको संवादका विषयमा विचार आदानप्रदान गरेका थिए।
रास्वपाका अनुसार भ्रमणको उद्देश्य दुई देशबीचको ऐतिहासिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै लोकतान्त्रिक मूल्य र सुशासनका विषयमा अनुभव आदानप्रदान गर्नु हो।
भाजपाको निमन्त्रणामा भारत पुगेको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ।








