७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्शमा

प्रकाशित मिति :  4 July, 2020 8:14 pm


काठमाडौं,२० असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले मन्त्री राज्यमन्त्रीहरूसँग परामर्श समसामयिक सन्दर्भमा परामर्श गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

मन्त्री तथा राज्यमन्त्रीसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका     थिए ।, पार्टीमा गम्भीर संकट देखिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर छलफल गरेर फर्किएपछि मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श सुरु गरेका हुन् ।

सत्तारुढ नेकपा भित्र पार्टी अध्यक्ष एवं केपी शर्मा ओलीले दुबै पद छोड्नुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष रहेपनि त्यसलाई ओलीले अस्वीकार गरिरहेका छन् । पछिल्लो समय पार्टीका नेताहरुले नै पार्टी एकता संकटमा गरेको अभिव्यक्ति दिईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !