४ जेष्ठ २०८१, शुक्रबार

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप

प्रकाशित मिति :  17 November, 2019 6:37 am


मंसिर १  काठमाडौं , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ ।

आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् ।

महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । उनले योवानाविचलाई धम्क्याउने खालको ट्वीट गरेको बीबीसीले जनाएको छ ।

सुनुवाइका क्रममा योवानाविचलाई ट्रम्पको ट्वीटबारे पनि प्रश्न गरिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारसँग आफूले अनुसन्धानको क्रममा भइरहेको सुनुवाइको केही भाग हेरेको र त्यो लज्जास्पद रहेको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !