२६ बैशाख २०८१, बुधबार

जापानका  प्रधानमन्त्री सिन्जो आबेद्धारा पदबाट राजिनामा

प्रकाशित मिति :  28 August, 2020 12:18 pm


काठमाडौं, १२ भदौ ।

जापानका  प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजिनामा दिएका छन् ।

लामो समयदेखि अस्वस्थ्य रहेका आबेले प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन् । आबेले स्वास्थ्यका कारण देखाउँदै राजिनामा दिएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको कार्यकाल सेप्टेम्बर २०२१ सम्म थियो । सोमबार मात्रै आबेले जापानको सबैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने व्यक्तिका रुपमा कीर्तिमानी कायम गरेका थिए ।

कोरोना भाइरसको महामारीसँग लड्ने विषयलाई लिएर उनको आलोचना भइरहेको थियो । साथै उनको पार्टीका केही नेताका स्क्याण्डलका कारण पनि घेराबन्दीमा परेका थिए ।

कोरोना भाइरसको महामारीका कारण जापानको अर्थव्यवस्थाका हालत अहिलेसम्मकै ओरालो लागेको देखिएको छ । प्धानमन्त्री आबलेले अर्थव्यस्था सुधार गर्ने प्रतिबता जनाएका थिए । तर आफ्नो प्रतिबद्धता पुरा नहुँदै आबेले पदबाट राजिनामा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !