१७ बैशाख २०८१, सोमबार

रुपन्देहीमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या नरहेका दुई जनाको मृत्यु

प्रकाशित मिति :  5 September, 2020 8:36 am


रुपन्देही,२० भदौ ।

रुपन्देहीको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

आइसोलेसनमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो। अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिला र बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो। उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए ।

पुरुषको राति सवा ११ बजे र महिलाको आज विहान ६ बजे निधन भएको अस्पतालले जनाएको छ ।  दुबै जनामा कोरोनाबाहेकका अन्य स्वास्थ्य समस्या नदेखिएको फोकल पर्सन डा. थापाले जानकारी दिए ।

कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या नदेखिएको भएपनि शनिबार बिहान ६ बजे महिलाको मृत्यु भएको डा. थापाले जानकारी दिए।

 

 



प्रतिक्रिया दिनुहोस !