२६ बैशाख २०८१, बुधबार

भारत र चीन सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न विदेश मन्त्री स्तरीय वार्तामा सहमति

प्रकाशित मिति :  11 September, 2020 7:46 am


काठमाडौं, २६ भदौ ।

लद्दाख क्षेत्रमा भारत र चीनको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्न दुबै देशबीच पाँच बुँदे सहमति भएको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चीनीयाँ समकक्षी वाङ यीबीच हिजो मस्कोमा भएको छलफलपछि पाँच बुँदे सहमति भएको हो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनीयाँ विदेश मन्त्रालयले दुई देशका विदेश मन्त्रीस्तरीय बैठक सकिएपछि यो जानकारी गराएको हो ।

समाचार अनुसार भारतीय विदेश मन्त्री जयशंकरले भारत एलएसीमा तनाव बढोस भन्ने पक्षमा नरहेको र चीनप्रति भारतको नीतिमा कुनै फेरवदल नभएको प्रष्ट पारेका छन् ।

भारतप्रति चीनको नीतिमा पनि कुनै फेरबदल नभएको विदेशमन्त्री जयशंकरको भनाई थियो । चीनको विदेश मन्त्रालयले भनेको छ की छिमेकी मलुक भएकाले दुई देशबीच केही असमझदारी हुनु स्वभाविक हो र यस्ता असहमतिलाई सही ढंगले हेर्न आवश्यक छ ।

समाचार एजेन्सी एएनआईले चीनीयाँ विदेश मन्त्रालयलाई उल्लेख गर्दै भनेको छ, चीनीयाँ विदेश मन्त्री वाङले भनेका छन्की चीन र भारतको सम्बन्ध फेरि एक पटक दोसाधमा उभिएको छ तर जबसम्म दुई पक्ष आफ्नो सम्बन्धलाई सही दिशामा बढाउछन तब कुनै समस्या हुने छैन र त्यस्तो कुनै चुनौति हुने छैन जसको हल गर्न नसकियोस् ।

पछिल्लो समय सीमा क्षेत्रमा देखिएको तनावलाई दिएर भारत र चीनबीच उच्चस्तरीय राजनीतिक तहमा छलफल चलिरहेको छ । गत हप्ता मात्रै भारतका रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षा मन्त्रीबीच मस्कोमै छलफल भएको थियो ।

दुबै देशका रक्षा मन्त्रीबचि एलएसीमा देखिएको तनाव कम गर्नबारे छलफल भएको थियो । लगत्तै विदेश मन्त्रीस्तरीय वार्ता र छलफल भएको हो ।

राजनीतिक तहमा वार्ता जारी रहेका बेला सैन्य तहमा पनि तनाव कम गर्नेबारे भारत र चीनबीच वार्ता जारी छ । हिजै दुईदेशका ब्रिगेडियर जनरल स्तरीय वार्ता भएको छ । यसअघि दुई देशबीच लेफ्टिनेन्ट जनरल र कोर कमाण्डर तहमा पटक पटक छलफल भएको थियो तर खासै प्रगति नभएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

सीमा क्षेत्रमा तनाव यथावत छ र तनाव हुनुमा एकले अर्कोलाई आरोप लगाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !