६ जेष्ठ २०८१, आइतबार

पीसीआर परीक्षण शुल्क अब बढीमा २ हजार रुपैयाँ मात्रै, रेम्डेसिभिर औषधिको प्रयोग सुरु हुँदै

प्रकाशित मिति :  13 September, 2020 5:11 pm


काठमाडौं, २८ भदौ ।

सरकारले कारोना भाइरस परीक्षण गर्ने पीसीआरको मूल्य घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाहरुका लागि सबै शुल्क समावेश गरेर पीसीआर परीक्षणको मूल्य बढीमा २,००० हजार रुपैयाँ तोकिएको जानकारी गराए । यसअघि ४,५०० देखि १०,००० रुपैयाँसम्म पीसीआर परीक्षणको शुल्क लिने गरिएको थियो ।

यसेबीच कोरोनाको उपचारका लागि बंगलादेशबाट प्राप्त रेम्डेसिभिर औषधि बितरण हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार सूचीकृत अस्पताललाई उक्त औषधि वितरण गरिने छ ।

औषधि वितरणका लागि सम्पूर्ण विवरण परिषद्ले मन्त्रालयलाई पेश गर्ने छ । रेम्डेसिभिर औषधि सूचीकृत अस्पतालहरुमा बिरामीको चाप अनुसार वितरण गरिने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !