६ जेष्ठ २०८१, आइतबार

काठमाडौ उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  14 September, 2020 5:38 pm


काठमाडौ,२९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय १२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा १सय४१ महिला र २ सय ९९ पुरुष, भक्तपुरमा महिला २८ र १५ पुरुष, ललितपुरमा ११ महिला र १८ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !