१७ बैशाख २०८१, सोमबार

फिलिली नागढुंगा- कलंकी सडकः न खाल्डा खुल्डी छन् न हिलाे र धुलाेकाे समस्या (भिडियाे)

प्रकाशित मिति :  19 November, 2019 11:24 pm


काठमाडाैं, ४ मंसिर

एक वर्ष अघिसम्म हिलाे, धुलाे, खाल्डा खुल्डीकाे पर्याय जस्तै बनेकाे कलंकी- नागढुंगा सडककाे परिचय फेरिएकाे छ । गत असारकाे हिलाे र त्यसपछिका धुलाेका कथाहरू धेरै पटक मिडियाकाे मुख्य विषयवस्तु बनेका थिए । काठमाडाैं छिर्ने मुख्य नाकासमेत रहेकेा नागढुंगाकाे डाँडादेखि कलंकी चाेकसम्म सबै सडक कालाेपत्रे सकिएकाे छ।

बाटाेकाे बीचमा बबबरमहल सडक खण्डकाे ढाँचामा रूख, विरूवा राेप्ने काम धमाधम भइरहेकाे छ । अर्थात् सडक व्यवस्थित बन्ने क्रममा छ । सडक अव्यवस्थित हुँदा घण्टाैं जाममा पर्ने समस्या हटेकाे छ । यद्यपी नगढुंगा डाँडानेर पुग्दा भने ठूला ट्रकहरू बाटाेकाे दुइ किनारामा पार्किङ गर्ने गरिएकाले कहिले काँही अनावश्यक जानमा पर्ने समस्या भने छ ।

नागढुंगादेखि कलंकीसम्मकाे सडककाे अवस्था याे भिडियाे क्लीक गरेर हेर्न सक्नहुनेछ । र गाडिमै बसेर यात्रा गरे जसरी याे सडककाे बदलिएकाे रूप हेरेर अान्दित हुन सक्नु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !