५ जेष्ठ २०८१, शनिबार

देशभर १५ सय ३९ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

प्रकाशित मिति :  16 September, 2020 5:09 pm


काठमाडौं, ३१ भदौ । 

देशभर १,५३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ४०४ महिला र ११३५ पुरुष गरि १५३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १०,४९४ जनाको परीक्षणमा उक्त संक्रमित संख्या पत्ता लागेको हो । त्यस्तै १,०६८ जना निको भएर घर फर्किएका छन् । यससँगै कोरोना जित्नेको कुल संख्या ४१,७०६ पुगेको छ जुन ७१.५ प्रतिशत हो । अब सकृय कोरोना संक्रमितको संख्या १६,२४२ रहेको छ ।

कहाँ कति संक्रमित ?

प्रदेश १ मा उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापमा १९, धनकुटामा २, भोजपुरमा ५, मोर ङमा ३५ र सुनसरीमा ७० जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रदेश २ मा धनुषामा ३, पर्साा ७, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ४४, सर्लाहीमा १ र सिराहमा २७४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौंमा ६५२, काभ्रेमा १८, चितवनमा १, दोलखामा ३, नुवाकोटमा १, भक्तपुरमा २५, मकवानपुरमा ४९, रामेछापमा १, ललितपुरमा ६०, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १ जना कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।

गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा कास्कीमा ३२, गोरखामा १९, तनहुँमा ३, नवलपरासी पूर्वमा ५, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ४ र स्याङ्जामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश ५ अन्तर्गतका जिल्लामा अर्घाखाँचीमा ९, कपिलवस्तुमा १, दाङमा ८, नवलपरासीमा ४, पाल्पामा २, बर्दियामा २, बाँकेमा ४४, रुपन्देहीमा ४५ र रोल्पामा ३ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशमा जाजरकोट १, दैलेख २, रुकुम पश्चिम १, सल्यान ३३, सुर्खेत १४, अछाममा १, कैलालीमा १४ जनामा थप कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयको तथ्याङमा उल्लेख छ । यससँगै देशभर कुल संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।

८ जनाको निधन

पछिल्लो २४ घण्टामा कारोना संक्रमित ८ जनाको निधन भएको छ । मृत्यु हुनेमा सुनसरीमा १, सप्तरमिा १, बारामा १, काभ्रेमा २, काठमाडौंमा २, र कास्कीमा १ रहेका छन् । यससँगै अहिलेसम्म कोरोना संक्रमित ३८९ जनाको मृत्यु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !