१२ बैशाख २०८१, बुधबार

‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

प्रकाशित मिति :  23 September, 2020 5:16 pm


काठमाडाैं, ७ असाेज ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ । कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउनसम्बन्धी फोटो समावेश गर्न पाइने छ । लकडाउनको समयमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको सङ्घर्ष, लकडाउनकाे समयमा समाजकाे अवस्था, नेपालीले कस्ता चुनौतीको सामना गर्नुपर्यो, दैनिक जीवन, प्रकृति, पर्यावरणलगायतमा परेको प्रभावलाई समेट्ने फोटो सो प्रतियोतिामा समावेश गर्ने उेद्दश्य रहेको अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागीले बढीमा ३ वटा फोटो समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोतिमा आएका उत्कृष्ट १० फोटो छनोट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरलाई जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष चित्रकारले जानकारी दिनुभयो । तस्वीर एनएफपिजेको आधिकारिक इमेलमा पठाउनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !