७ बैशाख २०८१, शुक्रबार

चुनाव हारें पनि सजिलै सत्ता छाड्दिनँ – ट्रम्प

प्रकाशित मिति :  24 September, 2020 10:37 am


एजेन्सी ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने बताएका छन्।
उनले हुलाकमार्फत हुने मतदानमा आफूलाई शंका लागेको भन्दै यस्तो बताएका हुन । कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत गरिने मतदानलाई जोड दिइरहेका छन्।

ट्रम्पलाई एक पत्रकारले चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनसँग चुनाव हार्नुभयो भने शान्तिपूर्ण किसिमले सत्ता हस्तान्तरण गर्नुहुन्छ भन्ने प्रत्रकारको प्रश्नको जवाफमा ट्रम्पले मतपत्रप्रति असहमति जाहेर गर्ने बताएका हुन । उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण नहुने जवाफ दिएका थिए।

सन् २०१६ मा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनसँग चुनाव लड्दा पनि पनि ट्रम्पले नतिजालाई स्वीकार नगर्ने बताएका थिए। क्लिन्टनले यसलाई लोकतन्त्रमा हमला भनेका थिए। अहिले हुलाकमार्फत हुने मतदानमा आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !