७ जेष्ठ २०८१, सोमबार

काठमाडौं महानगरमा ६९७ सहित उपत्यकामा थपिए ९०२ जना संक्रमित

प्रकाशित मिति :  30 September, 2020 4:41 pm


काठमाडौ,१४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ६ सय ९७ जना सहित उपत्यकामा थप ९ सय २ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ६सय ९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !