४ जेष्ठ २०८१, शुक्रबार

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  3 October, 2020 2:24 pm


काठमाडौं,१७ अजोज । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिए ।

सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीय ती महिलालाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !