२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  7 October, 2020 2:52 pm


काठमाडौं, २१ असोज । गण्डकी प्रदेशमा बुधवार ३७ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिकाका ३ जना सहित गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुने मध्ये पोखरा महानगरपालिका वडा नं १६ का ५२ वर्षिय पुरुष तथा ३३ र ३५ वर्षीया महिला, लमजुङ राइनास ७ का २३ र २५ वर्षीय पुरुष, वागलुङ काठेखोला १ २२ वर्षीय पुरुष, २ का ३० वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, वागलुङ नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा वागलुङ नगरपालिका २ का २२ देखि ४२ वर्षीय उमेर समुहका नेपाल आर्मीमा कार्यरत २७ जना पुरुष रहेको निर्देशनालयल जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सँख्या ४ हजार ३ सय ६७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !