१५ बैशाख २०८१, शनिबार

मन्थली नगरपालिकाका कार्यालय छ दिनका लागि बन्द

प्रकाशित मिति :  14 October, 2020 1:56 pm


काठमाडौं,२८ असोज । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना संक्रमित बढेपछि ६ दिनको लागि कार्यालय बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकैदिन १७ जनामा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।

केही दिनयता मन्थली बजारमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना सङ्क्रमण उच्च बन्दै गएको छ । मन्थली बजार क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि दिनप्रतिदिन भीड बढने क्रम घटेको छैन । नागरिकले मास्क प्रयोग र सामाजिक दूरी कायम नगर्नु सङ्क्रमण बढ्नाको मुख्य कारण छन् ।

नगरपालिकाले यही असोज २८देखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताए । नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरिएका सङ्क्रमित हुनेको सङ्ख्या १३४ पुगेको छ । तीमध्ये ६७ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !