२४ बैशाख २०८१, सोमबार

भक्तपुरमा काँग्रेस र राप्रपाको विजय

प्रकाशित मिति :  1 December, 2019 9:43 pm


भक्तपुर,  १५ मंसिर

भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको पदमा विजयी भएपछि नेपाली काँग्रेसले आज विजय ¥याली निकालेको छ । उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुनुभएको हो ।

काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा काँग्रेस र राप्रपा (संयुक्त) ले विजय ¥याली निकालेको हो । प्रदेशसभा सदस्यको उपनिर्वाचन माकाँग्रेसलाई राप्रपा संयुक्तले सघाउने यसअघि घोषणा गरिएको थियो । काँग्रेस सभापति थापा, राप्रपा संयुक्तका केन्द्रीय सदस्यहरु रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ लगायतको सहभागितामा खरिपाटी मतगणनास्थलदेखि कमलविनायकसम्म ¥याली गरिएको थियो ।

¥यालीपछि आयोजित सभामा बोल्दै काँग्रेस भक्तपुरका सभापति थापाले यसअघि एमालेले जितेको यो क्षेत्रमा यसपटक काँग्रेसका उम्मेदवार निर्वाचित भएकाले अब काँग्रेसले किल्ला बनाउने दावी गर्नुभयो । उहाँले जनताको पक्षमा काँग्रेसले काम गरेर देखाउने बताउँदै प्रदेशदेखि नगरपालिकासम्म निर्वाचित तत्कालीन एमालेले प्रभावकारी काम गर्न नसक्दा काँग्रेसलाई अवसर आएको बताउनुभयो ।

सभामा विजयी भँडेलले जनताले काम गर्ने मौका आफूलाई दिएको बताउँदै जनताको चाहनालाई पूरा गर्ने गरी प्रदेशमा भूमिका खेल्ने र विकासमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य शाहले काँग्रेसको जीत राप्रपा संयुक्तको पनि जीत भएको बताउँदै अब प्रजातान्त्रिक शक्ति एक भएर विकासमा लाग्नुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !