१३ मंसिर २०८०, बुधबार

भारतमा  किसानहरुको आन्दोलन जारी, आत्महत्या गरेका किसानका परिवारपनि सहभागि

प्रकाशित मिति :  17 December, 2020 7:58 am


काठमाडौं,२ पुस ।

भारतमा  किसानहरुको आन्दोलन जारी छ ।

पटक पटकको छलफल र वार्ताबाट पनि अझै निकास ननिस्किएका बेला आत्महत्या गरेका किसानका परिवारसमेत आन्दोलनमा सहभागि भएका छन् । उनीहरुले नयाँ कृषि कानुनले आफूहरुको जनजीविकामाथी खतरा माडारिएको बताएका छन् । भएका केन्द्रीय सरकारले जारी गरेको तीन नयाँ कानुनको विरोधमा उत्रिएका किसानहरु दिल्ली केन्द्रित भएका छन् ।

सेप्टेम्बरमा लागू भएको कानुनको विरुद्ध भारतीय किसानहरु ऋगातार आन्दोलित छ्न् भने पछिल्लो एक महिनयता निरन्तर प्रर्दशन जारी छ ।

भारतमा किसान आत्महत्या डरलाग्दो अवस्था छ । नेशनल क्राइम ब्यूरोका अनुसार सन् २०१८ मा मात्रै १०,३५० किसानले आत्महत्या गरेका थिए जुन समग्र आत्महत्याको ८ प्रतिशत थियो । दिल्लीको सीमामा रहेर प्रर्दशन गरिरहेका किसानहरुसँग आत्महत्या गरेको किसानका परिवारपनि सहभागि बनेका छन् ।

सम्बन्धित समाचार

नयाँ कानूनको विरोधमा किन प्रर्दशन गरिरहेका छन् भारतका किसान ?



प्रतिक्रिया दिनुहोस !