बेलायतबाट आएका सबैलाई १० दिन होटल क्वारेन्टिनमा बस्न स्वास्थ मन्त्रालयकाे आग्रह
प्रकाशित मिति : 23 December, 2020 5:03 pm

काठमाडाैं, ८ पुस ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न अनुराेध गरेकाे छ ।
बेलायतामा हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै सतर्कताका लागि मन्त्रालये पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
मन्त्रालयले नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गइ आर.टी.पीसीआर टेष्ट गर्न आग्रह गरेको छ । यसरी गरिने टेष्टको कुनै पनि शुल्क नलाग्ने कुरा जानकारी गराएकाे छ ।