६ आश्विन २०८३, मंगलबार

धनगढीमा एभरेष्ट बैंकको १३४ औं शाखा संचालनमा

प्रकाशित मिति :  22 September, 2026 11:44 am


काठमाडौँ । एभरेष्ट बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी नगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा शाखा विस्तार गरेको छ ।

बैंकले असोज ५ गते सोमबारबाट आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको उद्घाटन गरेको हो ।

साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोहि भवनबाट प्रदान गर्ने जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।
धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना पनि उपस्थित थिए ।

क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस !